जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २१, उदयपुर । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सिरहा धनगढीमाई नगरपालिका-४ शान्तनगर बस्ने २९ वर्षीय दुर्गानन्द चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उदयपुर बस्ने ती किशोरीलाई चौधरीले फागुन ११ गते छलकपट झुक्यानमा पारी भक्तपुर मध्यपुर ठिमि नगरपालिका-३ गठ्ठाघर ठिमी पुर्‍याई जबरजस्ती करणी गरेको भन्ने पीडितको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले चौधरीलाई पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुर पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस