काँग्रेस संसदीय दलको बैठक १ बजे बस्दै

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

 

फागुन २१, काठमाडौँ । पुनःस्थापित प्रतिनिधिसभामा आफ्नो भूमिकाबारे रणनीति बनाउन नेपाली काँग्रेस संसदीय दलको बैठक बस्दै छ । शुक्रबार १ बजे संघीय संसद भवन, बानेश्वरस्थित ल्होत्से हलमा काँग्रेस संसदीय दलको बैठक बस्न लागेको हो ।

विहीबार काँग्रेस पदाधिकारी बैठकमा राजनीतिक निकासका लागि काँग्रेसमा तीन विकल्पमा छलफल भइरहेको छ । बिहीबार पार्टी पदाधिकारीसहितका शीर्षस्थ नेताको राय अनुसार संसदीय दलमा छलफल हुने छ । यस्तै दलका नेता देउवाले वर्तमान वस्तुस्थितिबारे पनि ब्रिफिङ गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस