फाल्गुन २१, सुनसरी । चलचित्र पत्रकार संघ, नेपालको सुनसरी शाखा गठन भएको छ । बुधवार खबर नेपाल डटकमका प्रदेश १ प्रमुख एवम् हार्ट एफ एम धरानका कार्यक्रम संयोजक, रङ्ग पत्रकार बिनोद बिस्वकर्माको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिती गठन भएको हो ।
बुधवार गठन भएको कार्यसमितिमा उपाध्यक्ष मनोज दाहाल, सचिव सुमन भट्टराई, सह सचिव शरुपा थापा मगर, कोषाध्यक्ष सविना बान्तवा सहित सदस्यहरुमा नरेन कुलुङ, रविन राउत, आर.बी.कट्वाल, राजकुमार खाती, प्रशान्त पुरी र सुप्रीया राई रहेका छन । समितिको बाँकी सदस्य र सल्लाहकारहरु कार्यसमितिको पहिलो बैठक पछी थप गर्ने तदर्थ समितिका सचिव सुमन भट्टराईले बताए ।
कार्यक्रममा विशेष अतिथी चलचित्र पत्रकार संघ, प्रदेश १ शाखा अध्यक्ष नरेन्द्र बस्नेत , चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण कुमार प्रधान अतिथीहरुमा म्याजिक सिनेमा हल संचालक, निर्माता तथा कलाकार पर्शुराम चौधरी, निर्माता तथा निर्देशक भीम लामा, संगित साधना प्रतिष्ठान नेपालका महासचिव राजु केसी, कलाकार तथा चलचित्रकर्मी महासंघ प्रदेश १ का महासचिव दिनेश कोइराला, वरिष्ठ संगीतकार गुरुदेव कामत, निर्माता तथा निर्देशक प्रकाश सुब्बालगायत रहेका थिए । कार्यक्रममा फिल्मकर्मी राज कुमार राई प्रमूख अतिथीको रुपमा रहेका थिए ।