खतिवडाको चरित्र हत्या प्रहरीद्धारा समाचार झुटो भएको स्वीकार

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २१, दाङ, । घोराही १५ का छबिलाल खतिवडा (ज्वाला) ले आफ्नो चरित्र हत्या हुने गरि समाचार प्रकाशन गरिएकोप्रती गम्भीर ध्यानाकर्षण भएको जनाउनु भएको छ । न्यूज अभियान नामक अनलाईनबाट आफ्नो चरित्र हत्या हुने गरी झुटो समाचार प्रकाशन गरिएकोप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउनु भएको छ ।

साथै आफु एउटा राजनितिक तथा व्यवसायिक व्यक्ति भएकाले आफ्नो चरित्र हत्या गर्ने गरी चेक बाउन्सको आरोपमा प्रहरीले प्रक्राउ गरेको अव आफुले कानुनी उपचार खोज्ने बताउनु भएको छ ।

न्यूज अभियान नामक अनलाईनबाट प्रकाशित समाचारमा जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दले चेक बाउन्समा उजुरी पछि खतिवडालाई प्रहरीले समातेको भन्ने अभिव्यक्ति राखिएको छ । तर एसपी गणेश चन्दले भने त्यो सरासर गलत भएको र छबिलाल खतिवडा (ज्वाला) लाई प्रहरीले पक्राउ नगरेको बताउनु भएको छ ।

लेनदेनको विषयमा सामान्य छलफल भएपनि खतिवडालाई पक्राउ नगरिएको र अफुले त्यस्तो जानकारी कतै नदिएको एसपी चन्दले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस