बाँके प्रहरीले समात्यो बाईकको टंकीबाट ८ किलो अबैध चाँदी

Khabar24Nepal Author Logo..
सागर थापा/महेन्द्र सिंह पढ्न लाग्ने समय : १ मिनेट

फागुन २२, बाँके । वडा प्रहरीको सक्रियतामा ८ किलो ५ सय ग्राम चाँदी बरामद गरिएको छ। वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक हरी बहादुर बस्नेत नेतृत्वको टोलीले नेपालगन्जबाट भारतीय नागरिक अलिब सलमानीलाई आज पक्राउ गरेको हो ।

समालीले युपी ३२ जेपी ३८८८ नम्बरको मोटरसाइकलको टंकीमा लुकाएर चाँदी तस्करी गरीरहेको सुचनाका आधारमा पक्राउ गरिएको प्रहरी निरीक्षक बस्नेतले बताए । पक्राउ परेका सलमानीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको छ ।

बस्नेतले नेपालगन्जको वडा प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले पश्चात् नेपालगन्जमा स्थानीयले शान्ति सुरक्षाको आभास महसुस गर्दै आइरहेका छन् । बस्नेत भन्छन् ,ु अबैध कारोबारीलाई कारबाही गर्नै पर्छ।ु

प्रतिक्रिया दिनुहोस