हराएको सवारी साधन फेला

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २२, कैलाली । ईलाका प्रहरी कार्यालय सुखड कैलाली प्रहरीले हराएको मोटरसाइकल १२ घण्टामै फेला पारेर सम्बन्धित व्यक्तिलाई बुझाएको छ । कैलाली घोडघोडी नगरपालिका वडा नं. १० स्थित पहलमानपुर निवासी सुरेश चौधरीले फागुन २० गते घोडाघोडी मन्दिर नजिक पार्किङ गरी राखेको से ४ प २२३७ नम्बरको मोटर साईकल हराएको थियो ।

 

प्रहरीले मोटर साईकल खोज्दै जादा कैलाली घोडाघोडी नगरपालिका वडा नं.५ स्थित शितलपुरमा बेवारीसे अबस्थामा फेला पारेको थियो । ईलाका प्रहरी कार्यालय सुखडका प्रहरी प्रमुख प्रहरी निरीक्षक हरीशरण भट्टले सवारी धनिलाई सवारी साधन हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस