ट्रकको ठक्करबाट टिभी टुडेका पत्रकार वलि घाईते, ट्रक चालकलाई मुद्धा चलाईने

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट
  • सागर थापा

फागुन २१, दाङ । आज बिहान घोराही तुलसिपुर सडक खण्डको कपासी बगिया नेर ट्रकको ठक्करबाट पत्रकार परीवार घाईते भएका छन् ।
टिभी टुडे टेलिभिजन काठमाण्डौमा कार्यरत पत्रकार दिपक वलि, उनिकि श्रीमति अनिता अधिकारी (वलि) र उनका ४ बर्षीय छोरा आयुष वलि ट्रकको ठक्करबाट घाईतेभएका हुन् ।

समानान्तर दिशा बाट घोराही तर्फ अघि बढिरहेको बेला मनिषा होटेल भन्दा केहि अघि साईडमा रोकिराखेको बेला तिब्र गतिमा आएको रा.१ ख. १६६८ नम्बरको अनियन्त्रित ट्रकले ठक्कर दिएको पत्रकार दिपक वलिले जानकारी दिनुभयो ।

वलिलाई ठक्कर दिने ट्रक ठक्कर दिएपछि फरार रहेको र अटो भिलेजमा लुकाई छिपाई राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालयका मुद्धाहेर्नै प्रहरी निरीक्षक राजन गौतमको नेतृत्वमा गएको प्रहरी टोलीले पक्राउगरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

वलि आफ्नो रा.४.प.७८०९ नम्बरको मोटरसाईकलमा सपरिवार घोराही आँउदै गर्दा बिहान १०ः१५ बजे  ट्रकले ठक्कर दिएको वलिले जानकारी दिनुभयो ।
ट्रकको ठक्करबाट वलिको मुहार, श्रीमतीको खुट्टा र कुम त्यस्तै छोरा आयुषको मुहारमा चोट लागेको छ ।

ईतेहरुको राप्ति स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारपछि डिस्चार्ज गरीएको छ । ट्रक चालक लाई हिरासतमा लिईएको छ । लापर्वाही गरी ट्रक चलाउने ड्राईभरलाई मुद्धाचलाउने पत्रकार दिपक वलिले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस