धादिङको थाक्रेमा दुर्घटना ,५ जना घाईते

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

फाल्गुन २१,धार्के । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे ८ चिनिमेलमा भएको बस दुर्घटनामा ५ जना घाईते भएका छन् । काठमाण्डौँबाट धादिङबेशी तर्फ जाँदै गरेको बा ३ ख ३१५३ नम्बरको बस अनियन्त्रित भई सडक छेउमा पल्टिँदा ५ जना घाईते भएका हुन् ।

घाईते हुनेहरुमा थाक्रे ४ धैरनीका ४७ वर्षिय भैरव थापा, धुनिबेशी ७ का ३५ वर्षिय हरि सँकर परियार, सलाङ ४ कि ठुली कान्छी परियार, २१ वर्षिया लक्ष्मी परियार र मकवानपुरको कैलास गाउँपालिका गोगनेका २९ वर्षिय राजकुमार दर्लामी रहेका छन् । घाईतेहरुको धार्केमा रहेको शिवदर्शन अस्पतालमा उपचार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस