काठमाण्डौको छाउनीमा स्कुटर पल्टिँदा एकजनाको मृत्यु एकजना घाइते

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

फागुन २१, काठमाडौँ। काठमाण्डौको छाउनीमा सोमबार राति स्कुटर पल्टिँदा एकजनाको ज्यान गएको छ । ज्यान जानेमा काठमाण्डौ डल्लु बस्ने २२ वर्षका सुजन श्रेष्ठ रहेका छन् । दुर्घटनामा परी अर्का एकजना घाइते भएका छन् ।

राति पौने १ बजेतिर बा ८७ प ३५३ नम्बरको स्कुटर सडकछेउको रुखमा ठोक्किएर दुर्घटना भएको थियो । घाइते काभ्रे घर भएका २१ वर्षका दीपेन्द्र मग्रान्तीको भने स्वयम्भूमा रहेको मनमोहन अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस