तीब्र गतिको कारण कोहलपुरमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट
  • सागर थापा/सुरज मेघनाथ

२० फागुन, सुर्खेत । सुर्खेतबाट कोहलपुरतर्फ आइरहेको मोटरसाइकल बैजनाथ गाउँपालिकाको १ चिसापानीमा दुर्घटना हुँदा एक जनाको मृत्यू भएको छ भने एक जना घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका ट्राफिक प्रमुख हिर्दियन रोकायका अनुसार आइतबार बिहान साढे एक बजे लु ४३ प ९८५६ नम्बरको चिसापानीमा दुर्घटना भएको हो । उक्त दुर्घटनामा परेर सुर्खेतका काशिराम विकको मृत्यू भएको छ भने खगेन्द्र विक घाइते भएको बाँके ट्राफिक प्रमुख रोकायले बताए ।

प्रतिक्रिया दिनुहोस