दाङ प्रहरीले धारपानी मन्दिर आसपास क्षेत्रबाट मदिरा बिक्री गर्नेहरु ५ जना पक्राउ

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट
  •   सागर थापा

फाल्गुन २०, दाङ । दाङको धारपानी मन्दिर आसपास क्षेत्रबाट मदिरा बिक्री गर्ने ५ जनालाई जिल्ला प्रहरी कार्यालय दाङले नियन्त्रणमा लिएको छ ।

मन्दिर आसपास क्षेत्रमा खुलेआम मादक पदार्थ बेचिरहेको र मदिरा सेवन गरी हो हल्ला भए पछी प्रहरीले ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको  दाङका प्रहरी प्रमुख एसपी बेल पान्डेले जानकारी दिएका छन् । त्यसैगरी २० काटुन बियर २५ काटुन अन्य रम भोटका र ३०० लिटर घरेलु रक्सी नियन्त्रणमा लिएको दाङ प्रहरीले जनाएको छ ।

अपराध नियन्त्रण, शान्ति सुरक्षा कायम गर्ने तथा चाड पर्वलाई मर्यादित बनाउने प्रहरीको बिशेष अभियान अन्तरगत भएको निगरानीमा विभिन्न ठाउँबाट उनिहरुलाई पक्राउ गरिएको र अनुसन्धान पछी छोडिने एसपी पान्डेले बताएका छ्न ।

प्रतिक्रिया दिनुहोस