गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा धुर्मुस आफैं सिमेन्टको मसला बोक्दै

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

चितवन । चितवनको भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण कार्य सुरु भएको छ । हास्यकलाकार सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तली नेतृत्व रहेको धुर्मुस–सुन्तली फाउन्डेसनले बनाउने रंगाशालाको औपचारिक शिलान्यास हुन भनेका बाँकी रहेको छ । तर, रंगशालाका अन्य विभिन्न कार्य पनि गर्न सुरु गरिएको हो ।

२० विगाहा ८ कठ्ठामा बन्ने रंगशालाको नापजाँच गरी सबै क्षेत्रमा जस्ताको बार लगाउने कार्य भइरहेको छ । अफिस निर्माण र कम्पाउण्डलाई जस्ताले घेर्न फलामका खम्बा राख्ने क्रम चलिरहेको छ । सो कार्यमा धुर्मुस आफैं सिमेन्ट बोक्ने लगायत कार्यमा जुटेका छन् ।

आइतबार मध्यान्न फलामको पोल गाडिरहेको ठाँउमा धुर्मुस आफैं सिमेन्टको मसला बोक्दै गरेको तस्विर सार्वजनिक भएको छ । मसला बोक्नेदेखि फलामका रड काट्न समेत उनी सघाइरहेका थिए । भरतपुर महानगरपालिका–१६ स्थित शान्ति चोकमा रंगशाला निर्माण गर्न लागिएको छ । अहिले रंगशालाको गुरूयोजना र डिजाइनको काम अगाडि बढेको छ । यो काम ६ महिनाअघि सक्ने लक्ष्य लिइएको छ ।

प्रतिक्रिया दिनुहोस