प्रचण्ड-माधव समूहको केन्द्रीय कमिटी बैठक बस्दै

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १९, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । सचिवालयको निर्णय अनुसार आज केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।

पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे रणनीति बनाउने बताइएको छ । २३ गते संसद बैठक आह्वान भैसकेकोले कसरी प्रस्तुत हुने विषयमा प्रचण्ड-माधव समूहले केन्द्रीय समितिबाट रणनीति तय गर्ने बुझिएको छ । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिएकोले उनीमाथि अविश्वासको प्रस्ताव ल्याउने विषयमा पनि छलफल हुने छ ।

प्रतिक्रिया दिनुहोस