कुबेतमा बेचिएकी चेली स्मृतीलाई गर्याे Work For Nepal Foundation ले उद्वार

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट
  • विमलराज डाँगी

फाल्गुन १९ , काठमाडौं । Work For Nepal Foundation ले कुवेतमा बेचीएकी एक नेपाली चेलीको उद्वार गरेको छ । करिव १५ महिना अघि पैसा कमाने आशामा कुबेत पुगेकी स्मृती चेम्जुङ लिम्बुलाई दलालहरुले बेचेको भन्ने कुरा कुवेत पुगेसी मात्र थाहा भएको हो ।
स्मृतीको घर नेपालको धनकुटामा पर्छ । कुबेतमा पुगेपश्चात स्मृतीले धेरै कुटाइ र उनी माथी हिसां भइरहेको बारेमा केही दिन अघि मात्र आफ्नो फेसबुकमा लाइभ आएर आफुलाई त्यो नर्ग बाट बचाउन आग्रह गरे पश्चात  Work For Nepal Foundation परिवारले उद्वार लागी खटीरहेको थियो । केही दिनको प्रयास पछि स्मृतीले काम गर्ने घरबाट आफ्नो ज्यान बाजी राखेर भएपनि त्यहाबाट Work For Nepal Foundation परिवारले स्मृतीलाई उद्वार गर्न सफल भएको छ ।

स्मृतीलाई अहिले कुबेत स्थित नेपाली राजदुताबासमा राखीएको छ । स्मृतीलाई उद्वार गर्नको लागी कुबेतमा रहेको Work For Nepal Foundation का सदस्य संगिता लोप्चन लगायत अन्य सदस्यहरुको सकिृयतामा लिम्बुलाई उद्वार गर्न सहज भएको Work For Nepal Foundation का सचिव तथा गाएक नविन खड्काले बताउनु भयो ।

कुबेतमै बेचिएकी अन्य २ नेपाली चेलीलाई सकेसम्म आज वा भोली सम्ममा उद्वार गर्ने तयारी भैरहेको छ तर धेरै रिक्स सामना गर्नु पर्ने स्थीती रहेको गाएक खड्काले बताउनु भयो साथै उहाले भन्नु भयो १५ बर्षे एक चेली समेत कुबेतमा बेचीएको छिन तर उनलाई त्यहा बाट उद्घार गर्न निकै गारो छ तर पनि हामी केही दिनमा सफल हुनेछौ भन्ने आशा लिएको छु उहाले भन्नु भयो चेलीहरु बेच्ने दलाल कुनै हालतमा हामी छौर्दैनौ जसरी भएपनि कानुनको कटघरामा उभ्याएरै छौडछौ साथै सम्पुर्ण चेलीहरु दलाल बाट सचेत हुन आग्रह समेत गाएक नविन खड्काले अनुरोध गर्नु भयो ।

केही दिन अघि मात्रै सल्यान बागचौर नगरपालीकाकी रिता वि.क लाइ कुबेत बाटै Work For Nepal Foundation को परिवारले उद्वार गरेको थियो । रिता अहिले कुबेत स्थित नेपाली राजदुताबासमा रहेकी छिन भने छिटै नेपाल ल्याउन लागी सम्बन्धित निकाय संग सहकार्य भैरहेको बताइएको छ ।

Work For Nepal Foundation ले बिदेशी भूमिमा बेचिएको चेलीहरुको उद्वार गर्दै आएको छ । आर्थिक वर्षमा मात्रै करिव १९८ जना चेलीको उद्घार गरिसकेको र विभिन्न देशहरुमा अरु धेरै चेलीहरुको उद्वार कार्यको काम अघि बढिरहेको सचिव तथा गाएक नविन खड्काले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस