करेन्ट लागेर किशोरीको मृत्यु

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

१९ फागुन , बाजुरा । जगन्नाथ गाउँपालिकाको थारिकाडामा करेन्ट लागेर किशोरीको मृत्यु भएको छ।
मृत्यु हुनेमा १४ वर्षीया सिर्जना खत्री रहेको इलाका प्रहरी कार्यलय कोल्टीले जानकारी दिएको छ। आफ्नै घरमा रहेको मिलको पट्टामा सल लट्टपटिएपछि करेन्ट लागेर मृत्यु भएको बताइएको छ। प्रहरीका अनुसार शव पोस्टमार्टमका लागि कोल्टी ल्याइने छ।

प्रतिक्रिया दिनुहोस