प्युठान नगरपालिका : कहिले बन्छन सडकमा नाली ?

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट
  • प्यारअलि खान

फाल्गुन १९ ,बाग्दुला । प्यूठान नगरपालिकाले प्यूठानकै मुटु मानिने प्रमुख व्यापारीक केन्द्र बाग्दुलामा हालसम्म पक्की नाली बनाउन सकेको छैन् । माथिल्लो बजार हुँदै पुल्चोकसम्म व्यवस्थित नाली बन्न नसक्दा फोहरमैलाको प्रभावकारी व्यवस्थापन हुन नसकेको स्थानियहरु बताउँछन् ।


बजारवासीहरुसंग व्यवसायिक कर असुल्दै आएको नगरपालिकाको शुन्दर स्वच्छ, सफा बजार बनाउने अभियान नारामा मात्र सिमित भएको व्यवसायीहरुले गुनासो गरेका छन् । बजारमा रहेको नाली पुरिँदा र फोहर सडकमै जम्मा हुँदा बजारको सौन्दर्य बिग्रेको छ । गम्री मौशम सुरुहुन लागेकाले पनि स्थानियहरुमा सरुवा रोगको प्रकोप फैलन सक्नेवारे चिन्ता थपिएको छ । पछिल्लो समय गाँउका सडक छेउछाउमा समेत पक्की नाली बनिरहेकाबेला नगरबजार क्षेत्रकै सडक आसपासमा नाली नहुनु अचम्मको कुरा छ ।

प्रति रोपनी ८८ लाख रुपैयाँ बराबर मुल्याकंनको कर तिर्ने बाग्दुलावासीहरुको विकासमा नगरपालिकाले चासो नदिएको उनिहरुको भनाई छ । ‘सबैभन्दा बढी कर तिर्ने व्यवसायी बाग्दुलामा छन् ।’ स्थानिय प्रमोद पोख्रेलले भने, ‘नाली बनाउन पटक–पटक सहमती गरियो तर कार्यान्वयन भएन ।’ प्रमुख बजार क्षेत्रमै व्यवस्थित नाली बनाउने तर्फ नगरपालिका मौन बस्नुमा बाग्दुला क्षेत्रको विकासमा पक्षपात भएको बजारवासीको बुझाई छ । समृद्ध बजार बनाउन नगरपालिकाले कुनै नौलो कार्यक्रम समेत हालसम्म नल्याएको बजारवासीहरुले आरोप समेत लगाए ।

विहान फोहरमैला उठाउ बजार सफा राख भन्दै हिड्ने नगरपालिका नाली बनाउनेबारे कुनै चासो नलिनुलाई अर्थपूर्ण रुपमा हेरीएको छ । साथै बजारबाट निस्केका फोहरमैलाहरुलाई बर्गीकरण नै नगरि झिमरुक नदिलाई डम्पीङ्ग साइड बनाउँदा त्यसको चौतर्फी विरोध सुरु भएको छ । विभिन्न संचार माध्यममा फोहरमैला व्यवस्थापनबारे प्यूठान नगरपालिका चुकेको समाचार संम्प्रेशण हुँदा नगरपालिका आलोचित समेत हुँदै गईरहेको छ ।

प्रतिक्रिया दिनुहोस