महा शिवरात्रीको तयारी चारैतर्फ लाइनको व्यवस्था

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

फागुन १९, काठमाडौं । महाशिवरात्रीको अवसरमा पशुपतिनाथ दर्शनको लागि आवश्यक सबै तयारी पूरा भएको छ । यस वर्षको महाशिवरात्री सोमबार परेको छ ।
कोषले पशुपति नाथ मन्दिरको चारैतिरबाट दर्शनार्थीको लाइनको व्यवस्था मिलाएको छ । मित्रपार्क तथा गौरीघाटबाट उमाकुण्ड -दक्षिणामूर्ति-रुद्रगाडेश्वर हुँदै उत्तरढोकाबाट एक एक गरी दुई वटा लाइनको व्यवस्था व्यवस्था मिलाइएको छ ।

यसैगरी जयवागेश्वरी-इट्टापाखा-भुवनेश्वरी अघिको सानो फलामे ढोका हुँदै पश्चिम प्रवेशद्वारबाट एउटा लाइनको व्यवस्था छ । पशुपतिनाथका नियमित दर्शनार्थीले बिहान सात बजेअघि नै भुवनेश्वरी अघिको सानो फलामे ढोकाबाट प्रवेश गरी दर्शन गरिसक्नु पर्ने व्यवस्था मिलाइएको कोषले जनाएको छ ।

यस्तै बत्तीसपुतली, गौशाला तथा विमानस्थल गौशाला भएर पिंगलास्थान-सुमार्गी भवन-चारशिवालय-पञ्चदेवल हुँदै दक्षिणढोकाबाट एक-एक गरी दुई लाइनको व्यवस्था पनि मिलाएको छ ।

भक्तजनको भीड बढी भएमा तिलगंगा-राम मन्दिरतिरबाट समेत अर्को एउटा लाइनको व्यवस्था गरिने छ ।

ज्येष्ठ नागरिक र अशक्तलाई भने लाइनमा नबसी दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस