काठमाडौं लगायत विभिन्न स्थानबाट लागूऔषध सहित ४ जना पक्राउ

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट

फागुन १८, काठमाडौं,   काठमाडौं र सर्लाहीबाट अवैध लागूऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ स्थितबाट झापा कन्काई नगरपालिका-५ घर भएका २० वर्षीय सागर बिकलाई अवैध लागूऔषध ब्राउनसुगर करिब ५ सय मिलिग्राम सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको ना.५ ख ४७८५ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार बिकलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ स्थितबाट भारत सितामडी बस्ने १८ वर्षीय शिवकुमार गुप्तालाई नियन्त्रित लागूऔषध नाईट्राभेट १ हजार ८ सय ट्याब्लेट सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । सर्लाहीबाट काठमाडौं आउँदै गरेको ना.६ ख ७४७६ नम्बरको बस जाँच गर्नेक्रममा बसमा सवार गुप्तालाई झोलामा लुकाई छिपाई राखेको उक्त लागूऔषध सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो । यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ बाट बारा निजगढ बस्ने ३२ वर्षीय सुरेश लामालाई नियन्त्रित लागूऔषध नाईट्राभेट २६ ट्याब्लेट र स्पास ८ ट्याब्लेट सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

सर्लाहीबाट काठमाडौं आउँदै गरेको ग.६ ख २०४२ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार लामालाई उक्त लागूऔषध सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो । सर्लाही, लालबन्दी नगरपालिका-१ स्थित लखनदेही पुल नजिकबाट हरिवन नगरपालिका-११ बालगंगा बस्ने २४ वर्षीय मोहमद फरुणलाई करिब ५ किलो लागूऔषध गाँजा सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीले बा.२६ प ९४२२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक फरुणलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस