शहरी विकास राज्यमन्त्री मानन्धरको १०० दिन उपलब्धी तथा योजना सार्वजनिक (सूचीसहित)

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : ६ मिनेट

फागुन १८, काठमाडौं । शहरी विकास राज्यमन्त्री रामबीर मानन्धरले आफ्नो पदबहाली भएको भएको १०० दिन पुगेका अवसरमा सो अवधिमा भएका उपलब्धी तथा भावि योजनाहरु सार्वजनिक गर्नुभएको छ ।

मुख्य मुख्य उपलब्धी र भावी कार्यदिशा

रामबीर मानन्धर

मन्त्री

शहरी विकास राज्यमन्त्री

२०७६फागुन १८ गते

सम्माननीय प्रधानमन्त्रीज्यूको ”समृद्ध नेपाल : सुखी नेपाली” को राष्ट्रिय संकल्पसहितको महाअभियानमा मिति २०७६ मंसिर ५ गतेदेखि शहरी विकास राज्यमन्त्रीका रुपमा नियुक्त भई सय दिनको यात्रा पुरा गरेको छु । यो अवधिमा राज्यमन्त्रीका रुपमा मैले माननीय मन्त्रीज्यूसँग समन्वयमा रही निम्न प्रयासहरु गरेको अवगत गराउँदछु ।

१. काठमाडौं उपत्यकाको फोहर दिर्घकालिन व्यवस्थापनका लागि निर्माणाधिन नुवाकोट र धादिङको सीमानास्थित बन्चरे डाँडा स्यानेटरी ल्याण्डफिल्ड साईटको निर्माणलाई तिब्रता दिन पुस १८ गतेपछि पटक पटक स्थलगत अनुगमन गरिएको छ । अनुगमनका साथै निर्माण कार्यलाई तिब्रता दिन आवश्यक निर्देशन र बजेट व्यवस्थापनमा सहजीकरण गरिएको छ । यस्तै फोहर व्यवस्थापनमा अत्याधुनिक प्रविधिसहितको मेसिनको प्रयोगसँगै फोहरलाई छुट्याउनेर उर्जा र प्रांगारिक मल उत्पादन गर्ने र नसड्ने फोहरलाई भट्टीमा जलाई निस्किएको धुलोबाट निर्माण सामग्री जस्तैस् ईटार ब्लकर टायल लगायत निर्माण सामग्री बनाउन सकिने बहुउद्देश्यीय र बहुउपयोगी प्रविधि भित्र्याउनेबारे छलफल अगाडी बढाइएको छ । बन्चरे डाँडामा आगामी नयाँ वर्षदेखि फोहर विसर्जन गर्नेगरी कामलाई तिब्रता दिन आवश्यक व्यवस्था मिलाइएको छ ।

२. आधुनिक युग र प्रविधिको विकाससँगै सबैको चाहना अनुरुपको स्वच्छ, सुन्दर र व्यवस्थीत शहरीकरणको विकासका लागि काठमाडौं उपत्यकाको तीनै जिल्लामा निर्माणाधिन चार नयाँ सहरहरुको डिपीआर लगायत प्राविधिक पक्षहरुको अध्ययन चालु अवस्थामा छ । ति शहर निर्माण आरम्भ गर्न काठमाडौं उपत्यका विकास प्राधिकरणलाई आवश्यक व्यवस्थापनका लागि निर्देशन दिईएको छ ।

३. काठमाडौं उपत्यकाको जनघनत्व कम गर्नका लागि उपत्यकासँगै जोडिएका जिल्लाहरुमा नयाँ शहर निर्माण थालनि गर्नका लागि सम्बन्धित पक्षहरुसँग निरन्तर छलफलमा जुटीरहेका छौं । बृहत्तर राजधानी अवधारणामा रहेर काठमाडौं उपत्यकाको नजिक बैकल्पिक सहर निर्माणको लागि प्रस्तावित टोखा(छहरे सुरुङ मार्गसँगै छहरेदेखि नुवाकोटको थानसिंह, ढिकुरे, गँगटेहुँदै देबीघाट, रातमाटेहुँदै गल्छीसम्म र थानकोट( नौविसे निर्माणाधिन सुरुङ मार्गको नौविसेदेखि गल्छिसम्मको भू(भागमा सुविधासम्पन्न नयाँ सहर निर्माणका लागि बृहत्तर छलफल अगाडी बढाएका छौं । नुवाकोटको छहरेदेखि धादिङको गल्छिसम्मको करीव ३५ किलोमिटर र धादिङको गल्छिदेखि नुवाकोटको चाउथे(बन्चरेहुँदै काठमाडौंको तीनपिप्ले(बालाजु जोड्ने करिब ३० किलोमिटर सहित जम्मा ६५र ७० किलोमिटरको उपत्यकालाई उत्तरतर्फको बाहिरी जिल्लाबाट घेर्ने बैकल्पिक राजमार्ग र चक्रपथ निर्माणका लागि सम्बन्धित पक्षसँग ९सम्बन्धित जिल्लाका संघीय र प्रदेश सांसदका साथै स्थानीय तहका जनप्रतिनिधिहरुसँग समेत० समन्वय गर्दै निरन्तर छलफल भइरहेको छ । उक्त राजमार्गमा रहनेगरी नयाँ शहर निर्माणका लागि सम्बन्धीत जिल्लाका सांसदर स्थानीय तहका जनप्रतिनिधिहरुसँगको छलफलको क्रममा रहेको छ ।

४. काठमाडौं उपत्यकाको जनचापको समुचित व्यवस्थापनको लागि उपत्यकालाई बाहिरी जिल्लाबाट घेर्नेगरी विभिन्न दस स्थानमा थप नयाँ शहर निर्माणका लागि छलफल थालिएको छ । नुवाकोटको छहरे-थानसिंह, बट्टार- बिदुरदेखि बेत्रावतीसम्मको त्रिशूली उपत्यका, बेत्रावतीदेखि जिपजिपे, धुन्चे र रसुवाको टिमुरेसम्मको हिमाली सहर, नुवाकोटको गँगटे-पिपलटार-बुहुनीबेसी-देबीघाट-महादेवफाँट-गल्छी नयाँ सहर र गल्छिदेखि नुवाकोटको चाउथेहुँदै बन्चरेडाँडा-तीनपिप्ले नयाँ शहर निर्माणका लागि सरोकारवालासँग बृहत्तर योजनासहित गहन छलफल थालनि भएको छ । धादिङको नौबिसे-गल्छी, मकवानपुरको इन्द्रसरोबर, सिन्धुपाल्चोकको मेलम्ची, इन्द्रावती उपत्यका, दोलालघाट, पाँचखाल, भकुन्डेबेसी, बनेपा, धुलिखेल र पनौती क्षेत्र समाहित गरेर बृहत्तर शहर निर्माणसँगै बृहत्तर राजधानीको विकास, प्रदूषणमुक्त राजधानी बनाउने परिकल्पना सहित छलफल आरम्भ गरीएको छ । यस्तै धादिङको सल्यानटारमा बुढीगण्डकी जलविद्युत आयोजना निर्माणपछिको अवस्थाको परिकल्पनासहित १७ किलोमिटरको पर्यटकीय तथा विश्वविद्यालयसहितको शैक्षिक शहर निर्माणका लागि आवश्यक छलफल थालनि गरिएको जानकारी गराउँदछौं ।

५. बाराको जितपुर सिमरा उपमहानगरपालिकामा चक्रपथ निर्माणका लागि आवश्यक छलफल थालिएको छ । गोरखाको मनकामना जाने सडक मार्ग स्तरोन्नती गर्नेको लागि पहल भएको छ ।

६. तनहुँको ब्यास(देवघाट(कालीगण्डकी करिडोरहुँदै दामोदरकुण्डसम्मको ८ सय किलोमिटर लामो पर्यटकीय पदमार्ग निर्माणबारे आवश्यक अध्ययन गर्न मन्त्रालयस्तरबाट आवश्यक छलफल थालनीमा रहेको जानकारी गराउँदछौं ।

७. काठमाडौं उपत्यकासहित देशका मुख्य मुख्य सहरहरुमा देखिएको अव्यवस्थीत पार्किङको समस्या समाधानका लागि पहल थालिएको छ । काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त र सहज बनाउनका लागि सरोकारवालासँग पटक पटक छलफल गर्दै गुरुयोजनाको परिकल्पना गरिएको छ । काठमाडौं उपत्यकाको अव्यवस्थित पार्किङको समस्या दिर्घकालिन रुपमा समाधानका लागि लैनचौर, नारायणहिटी दरबार क्षेत्र, भृकुटीमण्डप, विष्णुमति, बागमति, धोविखोला करिडोरमा व्यवस्थित पार्किङ स्थल निर्माणका लागि आवश्यक छलफल प्रक्रियाको थालनी गरिएको छ ।

८. काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउनका लागि आवश्यक विभिन्न सामग्रीहरु हस्तान्तरण गराईएको छ ।

९. कलंकिदेखि चाबहिलसम्म निर्माणाधिन चक्रपथ विस्तारलाई ट्राफिक मैत्री बनाउन आयोजना निर्माण पक्ष र सो सँग सम्बन्धित पक्षहसँग आवश्यक सुझाव संकलन गरी कार्य अगाडी बढाउन छलफललाई तिब्रता दिईएको छ । अण्डरपास, फ्लाई ‌ओभर, सुरुङ लगायतका प्राविधिक विषयको सुझाव संकलन थालिएको छ ।वागमतीमा मिसिने चक्रपथ अन्तर्गत शाखा नदीहरुको प्राकृतिक वहाव व्यवस्थापन पक्षबारे छलफल थालिएको छ ।

१०. काठमाडौं उपत्यकाका भित्री सहरका सडकहरुको मर्मत सम्भार, खाल्डाखुल्डी पुर्ने लगायत अन्य व्यवस्थापकिय कार्यलाई तिब्रता दिन सरोकारवाला निकायसँग निरन्तर छलफल, अनुगमनसहित आवश्यक निर्देशन र कार्यान्वयनमा तिब्रता दिइएको छ ।

११. उपत्यकामा धुवाँ र धुलो न्युनिकरणका लागि पहल थालिएको छ । अन्तर मन्त्रालय समन्वयलाई मजबुत गराउँदै समन्वयात्मक ढंगबाट अव्यवस्थित तवरबाट सडकमा थुपारिएका निर्माण सामग्रीहरु हटाउन निर्देशन दिने र आवश्यक कारबाहीका लागि प्रशासनलाई समेत निर्देशन दिइएको छ । भित्री सहरका सडक र मुख्य बजार क्षेत्रका सडकमा पिच गर्ने कामको मन्त्रालयबाट पहल गरिएको छ । फलश्वरुप धुलो नियन्त्रणको अवस्थामा पुगेको छ ।

१२. काठमाडौंको उत्तरी क्षेत्र बालाजुदेखि भित्री ग्रामीण क्षेत्र प्रवेश गर्ने मुख्य मार्ग दगुर्नेपानीमा वर्षौंदेखि अल्झीएको मुअब्जा विवाद समाधान गराईएको छ । यो सँगै उक्त बाटोहुँदै पुगिने काँठ क्षेत्रको आवागमन सहज हुने भएको छ । शेषमति-जरंकु-ठाँटी सडक कालोपत्रे गराईएको छ भने बालाजुको माछापोखरी-बाइपास सडकमा पिच गराईएको छ ।यस्तै इचंगुनारायण जग्गा एकिकरण आयोजनाको प्रवेश मार्ग फराकिलो गर्नका लागि आवश्यक घर टहराको मुअब्जा विवाद समाधान एवं सो मार्ग विस्तारका लागि आवश्यक प्रयास भएको छ ।

१३. नेपाल सरकारबाट घोषणा भएका २७ वटा नयाँ सहरहरुमध्ये मध्य पहाडी लोकामार्गमा अवस्थित कार्यलय स्थापना भई निर्माणकार्य अगाडी बढाइएका दसवटा नयाँ सहरहरु क्रमशस् तेह्रथुमको बसन्तपुर, पाँचथरको फिदीम, सिन्धुलीको खुर्कोट, धादिङको बैरेनी-गल्छी, बागलुङको बुर्तीवाङ,तनहुँको डुम्रे भन्सार, रुकुमको चौरजहारी, दैलेखको राकम कर्णाली, अछामको साँफेबगर र बैतडीको पाटन शहर निर्माणका लागि मन्त्रालयबाट आवश्यक कामको थालनी भएको छ ।

१४. मन्त्रालय र अन्तर्गत संस्थागत आवश्यकता अनुरुप जनशक्ति व्यवस्थापनको लागि संगठनात्मक सर्वेक्षण ९इल्ः० को थालनी गरिएको छ । मन्त्रालय र अन्तर्गत कार्यरत अस्थाईरकराररज्यालादारी कर्मचारीको विवरण एकिन गरी अध्यावधिक गर्ने कार्य गरिएको छ ।

१५. ५ अर्व ३ करोड लागतमा १२ वटा भवन सहित निर्माणाधीन संसद भवनर मन्त्री निवासर मुख्यमन्त्री निवासर सभाहलको निर्माणलाई तिब्रता दिन मन्त्रालयबाट आवश्यक व्यवस्था मिलाईएको छ ।

१६. आ.ब. २०७६र०७७ को दोस्रो चौमासिक अवधीमा ३६ अर्व ८५ करोड कूल बजेठ मध्ये १३ अर्व ६५ करोड खर्च भएको छ । वित्तिय प्रगति ३७५ रहेकोमा संचालनमा रहेको आयोजना र कामहरुको गतिलाई थप गतिशिल बनाउन अनुगमन र निर्देशन दिइएको छ । स्रोत र साधनको समूचित परिचालन गरी उद्देश्य अनुरुपको लक्ष्य हासिल गर्न क्रियाशिल रहेका छौं ।

१७. मन्त्रालय मातहत चालु योजनाहरुलाई तोकिएकै समयमा सम्पन्न गर्न आवश्यक निर्देशन सहित स्रोत र साधनको समेत परिचालन गरिएको छ ।

१८. शहरी विकास मन्त्रालयको आन्तरिक व्यस्थापन र कार्यसम्पादन क्षमतालाई अभिबृद्दी गरी नमुना मन्त्रालयको रुपमा स्थापित गर्न हर तरहको प्रयास गरिरहेका छौं ।
धन्यवाद ।

प्रतिक्रिया दिनुहोस