दार्चुलाको राताकाठा भीरमा जीप दुर्घटना, ११ जनाको मृत्यु भएको आशंका

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

फागुन १७,दार्चुला दार्चुलामा जीप दुर्घटना हुँदा कम्तिमा ११ जनाको मृत्यु भएको आशंका गरिएको छ । सदरमुकाम खलंगाबाट दुहु गाँउपालिका तर्फ गइरहेको म १ ज २८० नम्बरको जीप राताकाठा भीरमा खसेको हो ।

जीप उक्त भीरबाट खसेर महाकाली नदिको किनारमा पुगेको छ । अहिले सम्म ३ जनाको शव फेला परको छ। जीपमा सवार अन्य ३ महिला र ४ पुरुषको शव टाढा बाट देखिएको र मृत अवस्थामा रहेको प्रहरी निरिक्षक रविन्द्र बहादुर कठायतले जानकारी दिए।अहिले जिल्ला प्रहरी कार्यालय दार्चुलाको टोली प्र घटना स्थलतर्फ गएको छ। घटना सम्बन्धी थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस