जनताको माझमा राम्रो छाप छोडेका इस्पेक्टरबाट केसीको डिएसपीमा पदोन्नति

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट
  • सागर थापा

प्रहरी प्रधान कार्यालय आइजिबीको मुख्यालय काठमाडौंमा कार्यरत इनेस्पेक्टर मदन के.सी डिएसपी पदमा बढुवा भएका छन ।

२०६४ सालमा नेपाल प्रहरीको प्रहरी निरिक्षकबाट नेपाल प्रहरीमा सत्य सेवा शुरक्षणमको मुल मर्म लाई आत्मासात गर्दै जागीरे जीवन सुरु गरेका केसी अहिलेसम्म दाङ, काठमाडौं, भक्तपुर, लमजुङ, बाँके र हाल काठमाडौं प्रहरी प्रधान कार्यालय आइजिबीको सचिबलयमा कार्यरत  छन । प्रहरी निरीक्षक केसी जनताको बीचमा रहेर जुनसुकै जिल्लामा पनि जनता र प्रहरी एक हो भन्दै राम्रो काम गर्न सफल काम गर्न छाप छोडेको भन्दै नेपाल प्रहरीको डिएसपी पदमा बढुवा गरीएको प्रहरी प्रधान कार्यालयको श्रोतले जनाएको छ । निरन्तर मुल्याङ्कण पद्धति तथा सेवा प्रवेशको उमेरलाई आधार मानेर केसीको पद पदोन्नती भएको हो ।

 

प्रहरी प्रधान कार्यालय काठमाडौं आईजीपीको सचिवलयमा निरीक्षकको रुपमा केसीले काम गर्दै आएका छन। नेपालका हरेक जिल्ला हरुबाट आएको विभिन्न किसिमको काम कार्वाही र गतिविधि हेर्ने काम गर्दै आएका निरीक्षक केसीले अहिलेसम्म केही जिल्लाहरुमा अफिसरको रुपमा काम गरेका छन । टिम वर्कमा विश्वाश गर्ने केसी मानव अधिकारको रक्षा गर्दै नेपाल सरकार ले खटाएको जुनसुकै स्थानमा कर्तव्य पालनाको लागी खटिएका व्यक्ति हुन् ।

प्रतिक्रिया दिनुहोस