विश्व वरीयतामा नेपाली खेलाडीको सुधार

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

फागुन १७, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको टी–२० को नयाँ वरीयताको अलराउण्डरतर्फ कप्तान पारस खड्का ३८औं स्थानमा उक्लन सफल भएका छन्

नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले टी–ट्वान्टी क्रिकेटको नयाँ वरीयतामा दुई स्थान सुधार गरेका हुन। अखिल्लो महिना कप्तान पारस ४०औं स्थानमा थिए । भनेब्याटिङतर्फ पारस ९२औं स्थानमा छन् ।

त्यस्तै अलराउण्डरतर्फ सोमपाल कामी ५० औं स्थानमा रहेका छन् । उनी यसअघि ५१ औं स्थानमा थिए । त्यस्तै बलिङमा सोमपाल ७० र बसन्त रेग्मी ७१ औं स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस