सिडिपीद्धारा नेपाललाई विकासशिल राष्ट्रका लागि सिफारिस

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फाल्गुण १५, काठमाण्डौ । संयुक्त राष्ट्र संघ (युएन)को कमिटी फर डेभलपमेन्ट पोलिसी (सिडिपी)ले नेपाललाई अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि सिफारिस गरेको छ । समितिले नेपाल सहित लाओस र बंगलादेश लाई पनि विकासशील देशमा स्तरोन्नतिका लागि सिफारिस गरेको हो ।

विकासशील देशमा सिफारिस भएसँगै नेपालले अब सन् २०२६ अर्थात् अबको ५ वर्षमा विकासशील राष्ट्रको मापदण्ड पूरा गर्नुपर्ने हुन्छ । स्तरोन्नतिका लागि प्रति व्यक्ति आय, मानव विकास सूचकाङ्क र आर्थिक जोखिम सूचकाङ्क सुधार गर्नुपर्ने प्रावधान रहेको छ । नेपालले प्रति व्यक्ति आय बाहेक दुई सूचकाङ्कमा तोकिएको मापदण्ड पार गरिसकेको छ ।

यही फ्रेब्रुअरी २२ देखि २६ सम्म चलेको मूल्याङ्कन बाट सिडिपीले नेपाललाई विकासशिल राष्ट्रका लागि सिफारिस गरेको हो ।

प्रतिक्रिया दिनुहोस