विचार मिले फेरि पार्टी एकता हुन सक्छ : प्रचण्ड

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फाल्गुन १५, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विचारमा एकता भएपछि फेरि केपी शर्मा ओलीसँग पार्टी एकता सम्भव भएको बताउनुभएको छ । शनिबार ललितपुरमा आफु निकट शिक्षकहरूको राष्ट्रिय भेलामा प्रचण्डले विधि, विधान मान्‍ने, जनवादी केन्द्रीयता अंगिकार गर्ने, बहुमतको निर्णय मान्‍ने र व्यक्ति संगठनको मातहतमा हुने भन्‍ने विचार मिले एकता हुने बताउनुभयो ।

पहिले पनि विचारमा सहमत भएर पार्टी एकता भएको भन्दै उहाँले भन्नुभयो विचार नमिलेको भए एकता गरूँ भनेको भए पनि नहुने उल्लेख गर्नुभयो । यस्तै उहाँले जनताको बहुदलीय जनवाद र २१ औं शताब्दीको नौलो जनवादलाई परिमार्जन गर्दै समाजवादसम्मको यात्रा तय गर्नेबारे सहमत भएको तर पूर्ववर्ती दुवै पार्टी नभएको अवस्थामा प्रधानमन्त्रीले जनताको बहुदलीय जनवादको कुरा गरेर सहमति भंग गरेको आरोप लगाउनुभयो । साथै प्रचण्डले प्रधानमन्त्री ओलीमा ‘महाराजधिराज’ प्रवृत्ति देखिएको टिप्पणीसमेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस