सरकार परिवर्तनको अभ्यासमा नलाग्न दलहरुलाई आग्रह : मन्त्री गुरुङ

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फाल्गुन १५, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकार परिवर्तनको अभ्यासमा नलाग्न दलहरुलाई आग्रह गरेका छन् । कम्प्युटर एसोसिएशन नेपाल महासङ्घको २७औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री गुरुङले जनताको चाहना नै वर्तमान सरकार भएको हुँदा सरकार परिवर्तन नहुने बताएका हुन ।

मन्त्री गुरुङले अब सरकार परिवर्तन गर्न लाग्नेहरु निरास हुने हुदाँ मुलुकमा अवरोध होइन गति दिन जरुरी भएको बताउदैं यही सरकारले मुलुकमा समृद्धि ल्याई देशलाई सही बाटोमा अगाडि बढाउने दाबी गरे । मन्त्री गुरुङले भने, “मुलुकलाई गति दिन लाग्नुभएको प्रधानमन्त्रीलाई बीचबीचमा अवरोध गरियो, काम गर्न दिइएन, उहाँको उत्साहमा ब्रेक लगाउने काम भयो तर प्रधानमन्त्री नेतृत्व गर्न सफल हुनुभयो ।”

अहिले सरकारले नागरिक एप्स र मोबाइल एप्स सञ्चालन गरिरहेकोमा डिजिटल नेपालको आकाङ्क्षा पूरा गर्नका लागि दूरसञ्चार ऐन, २०५३ लाई संशोधन गरी प्रविधिमैत्री बनाउने तयारी गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस