धनुषाको ढल्केबरमा बस ट्रक जुध्दा २ को मृत्यु, ११ जना घाईते

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

फागुन १५, काठमान्डौ । धनुषामा यात्रुबाहक बस र ट्रक एकआपसमा जुध्दा २ जनाको मृत्यू भएको छ भने अन्य ११ जना घाईते भएका छन् ।

पुर्व पश्चिम महेन्द्र राजमार्गअन्तर्गत धनुषाको मिथिला नगरपालिकाको ढल्केवरमा बस र ट्रक एक आपसमा ठोकिदा २ जना को ज्यान गएको छ भने सो सबारी दुर्घटनामा परी ११ जना घाईते भएका छन ।पुर्वको काँकडभित्ता बाट पश्चिमतर्फ आउँदै गरेको ना ५ ख ४९६ नम्बरको मकालु बस र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ९४९६ नम्बरको ट्रक ढल्केवरको ट्राफिक प्रहरी कार्यालय अगाडि एक आपसमा गएराती करिब २ः०० बजे ठोक्किन जाँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस