अविश्वास प्रस्ताव डटेर सामना गरिन्छ : पोखरेल

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १४, काठमाडौं । उपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० केपी शर्मा ओली पक्षका सचिवालय सदस्य ईश्वर पोखरेलले सरकारविरूद्ध अविश्वासको प्रस्ताव ल्याउमा डटेर सामना गर्ने बताउनु भएको छ । शुक्रबार नेकपा ओली पक्षीय अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले केपी शर्मा ओली नेतृत्वको सरकारले लोकतान्त्रिक विधिबाट आउने अविश्वास प्रस्तावको डटेर सामना गर्ने बताउनु भएको हो ।

उपप्रधानमन्त्री पोखरेलले सरकार विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन प्रचण्ड–माधव पक्षलाई चुनौती दिन भएको छ । उहाँले केपी शर्मा ओली नेतृत्वको सरकारले लोकतान्त्रिक विधिबाट आउने अविश्वास प्रस्तावको डटेर सामना गर्दा आउने परिणामलाई स्वीकार गर्ने बताउनु भयो । ओलीले पदबाट राजीनामा नदिने पनि उनले स्पष्ट पारे। संसदमा अविश्वास प्रस्तावको सामना गरेर लोकतन्त्र प्रतिको प्रतिबद्धतालाई ओलीले पुनः एकपटक प्रमाणित गर्ने उनको दाबी छ।

उपप्रधानमन्त्री पोखरेलले सबैभन्दा ठूलो फैसला दिने न्यायाधीश जनता भएको भन्दै आफूहरु जनताले गर्ने फैसलाको प्रतिक्षामा रहेको बताउनु भयो । उहाँले सर्वोच्च अदालतको फैसलाले मुलुकलाई दुर्भाग्यतिर जान प्रेरित गरेको, राजनीतिक अस्थिरता निम्त्याउने, आर्थिक समृद्धिमा बाधा पुर्‍याउने, अराजकतालाई बढावा दिने तथा मुलुकको राष्ट्रियता र स्वाभिमानको पक्षलाई कमजोर बनाउने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस