विप्लवका पूर्व बडी गार्ड भुजेल पक्राउ

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

फागुन १४, काठमाडौं । लालितपुर नख्खुस्थित एनसेल मुख्यालयमा बम प्रहारमा संलग्न रहेको आरोपमा नेत्रविक्रम चन्द विप्लवका पूर्व बडी गार्ड सूर्य भुजेल पक्राउ परेका छन्।

प्रहरीको महागरीय अपराध महाशाखाको टोलीले भुजेललाई मंगलबार साँझ काठमाडौंबाट पक्राउ गरेको हो। भुजेललाई संखमूलस्थित डेरामा छापा मारेर साँझ करिब ५ बजेको समयमा पक्राउ गरिएको हो। यद्यपी उनको पार्टी नेकपाले भने कलंकीबाट गिरफ्तार गरिएको दाबी गरेको छ।

विप्लवको नेपाल कम्युनिष्ट पार्टीका भ्याली कमाण्ड सदस्य भुजेलकै नेतृत्वमा नख्खुमा बम बिस्फोट भएको प्रहरीले दाबी गरेको छ।

उनी सहित आधा दर्जन बढी कार्यकर्ता पक्राउ परेका छन्। यद्यपी प्रहरीले भुजेलको गिरफ्तारीको औपचारिक पुष्टि भने गरेको छैन्।

प्रतिक्रिया दिनुहोस