गा.वि.स को पैसा हिनामिना

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

सप्तरी जिल्ला, साविक खोक्सर प्रवाहा गाउँ विकास समितिका तत्कालीन गा.वि.स. सचिव कृष्ण बहादुर दाहाल समेतले गाउँ विकास समितिको रकम हिनामिना गरेको आरोपमा अख्तियार ले मुद्धा दर्ता गरेको छ ।

गाउँ विकास समितिको रकम हिनामिना गरेको सम्बन्धमा अनुसन्धान हुँदा साविक खोक्सर प्रवाहा गाउँ विकास समिति तत्कालीन गा.वि.स. सचिव (हाल कारागार कार्यालय, सप्तरीका निलम्बित नायब सुब्बा ) कृष्ण बहादुर दाहालले गा. वि. समा कार्यरत रहँदा निकासा भएको सरकारी अनुदान रकमको स्रेस्ता बरबुझारथ, लेखापरीक्षण समेत नगरी स्रेस्ता लुकाई राखी उक्त रकम हिनामिना गरेका हुन ।

उनि विरुद्ध आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस