नेकपाको सचिवालयलाई पाँच नेताले बुझाए लिखित प्रतिवेदन

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

१३ फागुन, काठमाडौं । कार्यदल भंग गर्ने सचिवालयको निर्णयलाई चुनौती दिँदै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का पाँच नेताले लिखित प्रतिवेदन बुझाएका छन् ।

सांगठनिक एकता टुंगो लगाउन स्थायी कमिटीले रामबहादुर थापा बादलको नेतृत्वमा ९ सदस्यीय कार्यदल बनाएको थियो । तर, प्रदेश कमिटी गठनको निर्णय सच्याउन संयोजक बादल र महासचिव विष्णु पौडेल तयार नभएपछि कार्यदलले प्रभावकारी रुपमा काम गर्न सकेन । विघटित कार्यदलका पाँच सदस्य सुरेन्द्र पाण्डे, वर्षमान पुन, वेदुराम भुसाल, योगेश भट्टराई र लेखराज भट्टले सचिवालयको निर्णयलाई चुनौती दिँदै आइतबार लिखित प्रतिवेदन बुझाएका छन् ।

विघटित कार्यदलका पाँच नेताले पूर्व कार्यदलले पेश गरेको सामाग्री उपलब्ध गराए नाम नै प्रस्ताव गर्न तयार रहेको पनि प्रतिवेदनमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस