भक्तपुरमा गाडीभित्र शव भेटियो

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

१२ फागुन, काठमाडौं । भक्तपुरमा गाडीभित्र शंकास्पद अवस्थामा शव भेटिएको छ । सूर्यविनायक नगरपालिका–८ सिपाडोल घर भई आदर्श भन्ने ठाउँका २६ वर्षीय निकेश भुजुको शव भक्तपुर नगरपालिकाको ब्रमायणीमा बा ५च ६४२१ नम्बरको मारुती गाडीमा भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

शनिबार विहान ९ बजे ४ वर्षीय छोरासँगै घरबाट गाडी बनाउन भन्दै घरबाट हिँडेका निकेश साँझ ६ बजेसम्म सम्पर्कमा नआएपछि श्रीमती सिर्जनाले महानगरीय प्रहरी वृत्त जगातीमा खबर गरेकी थिइन् । खोजतलास गर्दा प्रहरीले करिब ७ बजे गाडी भित्रै निकेशलाई अचेत अवस्थामा फेला पारेको थियो । उनलाई भक्तपुर अस्पताल पुर्‍याउँदा डाक्टरले मृत घोषणा गरेका थिए ।

खोजीको क्रममा गाडीसहित केही व्यक्तिहरु भक्तपुर नगरपालिका(८ लिवालीतर्फ गएको थाहा भएपछि प्रहरीले पिछा गरेको थियो । लिवालीमै प्रहरीले गाडी रोक्न खोज्दा ती व्यक्तीहरू ब्रमायणी पुगेर गाडी र निकेशको छोरालाईसमेत छोडेर भागेका थिए । प्रारम्भिक अनुसन्धानपछि प्रहरीले घटना शंकास्पद भएको भन्दै ४ जनालाई पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस