हङकङमाथि नेपालको सहज जित

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

१२ फागुन, काठमाडौं । नेरी थापाको घातक बलिङसँगै नेपालले आईसीसी वुमन्स टी–२० विश्वकपको एसिया छनोटमा हङकङमाथि ४ विकेटको सहज जित हात पारेको छ ।

६३ रनको लक्ष्य पछ्याएको नेपालको सुरुवात भने राम्रो रहेन । स्कोर बोर्डमा मात्र ५ रन हुँदा काजल श्रेष्ठ व्यक्तिगत ४ रनमा आउट भइन् । नेपालले थप २ रन जोड्दा सीता राना मगर आउट भइन् । उनले खाता नै खोल्न सकिनन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ६२ रन बनाएको थियो । उसलाई सस्तैमा समेट्ने क्रममा नेरीले घातक बलिङ गर्दै ६ विकेट लिइन् । ४ ओभर बलिङ गरेकी उनले मात्र ८ रन दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस