फेरि आउछौ भन्ने आँस भएन- उपेन्द्र पि एम

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

लाग्दै छ अब जिन्दगी मेरो खास भएन
तर हेर्नुहोस कहिल्यै मन उदास भएन ।

हरपल रोई रहदा यी नयन तिम्रो
सामु खै किन तिम्रो दिलमा मेरो बास भएन ।

परीक्षा दियौ मलाई प्यारको कलासमा
प्रेमको अर्थ बुझे तर पनि पास भएन ।

बेकसुर अपराधी ठहर गरिदा मलाई
महोदय दोषीको कहिल्यै तलास भएन ।

प्रेमिल छुरा यो मुटुमा चलाई गयौ तिमी
त्यसैले फेरि आउछौ भन्ने आँस भएन ।

  • उपेन्द्र पि एम
    माडिगाउँपालिका कोर्चाबाङ्ग रोल्पा

प्रतिक्रिया दिनुहोस