नक्खुमा रहेको एनसेल कार्यालय परिसरमा बम विस्फोट

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

फागुन १०, काठमाडौं । ललितपुरको नक्खुमा रहेको एनसेल टावरको कार्यालयमा बम विस्फोट भएको छ। अहिले राति भएको विस्फोटमा तीनजना घाइते भएको प्रहरीको भनाइ छ। सातदोबाटोका डीएसपी गौतम मिश्रका अनुसार विस्फोटमा परी प्रतिक्षा खड्का, सिंहप्रसाद गुरुङ र उरुसा मानन्धर घाइते भएका हुन्। उनीहरुको अल्का, बि एण्ड बी र मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ। घटनाको थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस