ट्याक्टरले किच्दा एक बालकको मृत्यु

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

सिरहाको कर्जन्हा नगरपालिका–१० प्रयागपुरस्थित भित्री सडकमा ट्याक्टरले किच्दा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय बसन्त सदाको १० वर्षीय छोरा आशिष सदा रहेको प्रहरीले जनाएको छ ।

बालुवा लोड गरी उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको स १ त ४२३१ नं. को ट्याक्टरमा सवार आशिष अचानक ट्याक्टरबाट लड्दा सोही ट्याक्टरले किचेको थियो । ट्याक्टरले किचेपछि गम्भीर घाइते भएका बालकको उपचारको क्रममा कर्जन्हास्थित फूलकुमारी मेमोरियल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस