सानै उमेर देखि मोडलिङ तथा कलाकारिता मोह

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट

राजधानी काठमाडौं शहरको छेउछाउमा लुकेकाे  प्रतिभा दैनिक हजाराै मानिस अगाडि आएका हन्छन् ,ती मध्ये अहिले पछिल्लाे समयमा सानै उमेर भएपनि माेडल तथा नायिका बन्ने साेच् राख्ने सुमित्रा लामिछाने अभिनयमा पनि आफुलाई अब्बल दर्जामा राख्ने कोसिसमा छिन्।


माेडल सुमित्रा लामिछाने हाल काठमाडौ बसाेबास भएता पनि उनकाे जन्म धादिङको दुवाकाेट मा भएकाे हाे। उनी माेडेल सङ्सगै शिक्षालाई नि अगाडि बढाउदै छिन् । माेडेल सुमित्रा भन्छिन्, जीवन एक संघर्ष हाे,जसले मिहनत र परिश्रम गर्छ,उसले अवस्य फल पाउँछ।त्यसैले म काेशिसबाट कहिले पछाडी हट्ने छैन।मेराे क्षमता प्रर्दशन गरेर आफ्नाे लक्ष्यमा पुग्ने दृढ विश्वासका साथ आफु अगाडि बढेकाे कुरा माेडेल सुमित्रा बताउँछिन् ।

सानै उमेर देखि कलाकारकाे अभिनय देख्दा उनलाई पनि बन्ने रहर उसकाे परिवारकाे साथ र सर्पाेटबाट उनलाई नायिका माेडल बन्न सहज पुगेकाे पाइन्छ । यस्तै चाहाना लिएर माेडलिङ तथा अभिनयकाे भिडमा आफुलाई स्थापित गराउन सिने जगतमा आफ्नाे भबिस्य याेजना साथमा अगाडि बढ्दै गरेकी माेडल हुन सुमित्रा लामिछाने अहिले आफ्नाे दिन रात लागी परेकी छिन् ।

माेडलिङ क्षेत्रबाट प्रवेश गरेकी सुमित्रा अहिले नेपाल टेलिभिजन बाट प्रशारण हुने चर्चित हास्य टेलिचित्र “झट्का” मार्फत र कान्तिपुर टेलिभिजन मा प्रशारण हुने हर्के हवल्दार जस्ता सिरियलबाट चर्चा कमाउन सफल छिन् ।

अभिनय तथा नृत्यमा पाेख्त माेडेल सुमित्रा लामिछाने सुन्दर मुहार र आकर्षण शरिरकाे धनी छिन् । माेडेल सुमित्रा भन्छिन्, यदि राम्राे चलचित्र म्युजिक भिडियाेमा अफर आएमा आफु अभिनय गर्न तयार रहेकाे उनी बताउछिन्।उनी उमेरले सानाे भएता पनि कलाले भरिपुर्ण छिन्।

प्रतिक्रिया दिनुहोस