मनमोहन मेमोरियल इन्ष्टिच्यूट अफ हेल्थ साइन्सेज कलेजको वार्षिक उत्सव कार्यकम सम्पन्न

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट

 उपप्रधान तथा रक्षा मन्त्री माननिय ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा मनमोहन मेमोरियल इन्ष्टिच्यूट अफ हेल्थ साइन्सेजको १२औ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न भएको छ ।

 

उपप्रधान तथा रक्षा मन्त्री माननिय ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको उदघाटनमा गर्दै उपप्रधान पोखरेलले कलेजले १२ वर्षको अवधीमा गरेको उल्लेखनीय प्रगतिको प्रंशसा गर्नु भयो र कलेजले पुर्वाधार लगाएत सम्पूर्ण प्रकृया पुरा गरि सकेकाले MBBS कार्यक्रम संचालन गर्न स्वीकृत प्राप्त गराउने दिशामा सरकार लागि पर्ने दृढता ब्यक्त गर्नु भयो ।
अध्यक्ष तथा प्रदेश सभा सांसद राजेन्द्र प्रसाद पाण्डेले कलेजले लगातार २ वर्ष उत्कृष्ट कलेजको रुपमा सम्मानित हुनुले कलेजको गुणस्तरियता प्रमाणित गरेको बताउनु भयो । समारोहमा चिकित्शा शास्त्र अध्ययन सस्थान का डीन प्रा.डा. जगदिश प्रसाद अग्रवाल र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदका उपाध्यक्ष डा। कुल बहादुर बस्नेतले कलेजको उत्तरोत्तर प्रगतिको शुभकामना ब्यक्त गर्नुभयो ।

उक्त कार्यक्रममा २०७४ सालको उत्कृष्ट शिक्षक,कर्मचारी र बिद्यार्थीहरुलाई सम्मानित गरियो साथै कलेजको सोभिनियर को विमोचन र कलेजको Apps को पनि शुभारम्भ गरि कलेजलाई प्रविधि मैत्रि बनाउने घोषणा गरियो ।

कलेजका उपाध्यक्ष डा. बश्धिर मिश्रले शुभकामना ब्यक्त गर्नुभयो भने अर्का उपाध्यक्ष जीवन प्रकाश शर्माले कार्यक्रममा उपस्थित सवै महानुभावहरुलाई स्वागत गर्नु भएको थियो ।अन्तमा क्याम्पस प्रमुख प्रा।बिष्णु भट्टराइले कार्यम्रमा उपस्थित अतिथि लगायत सम्पूर्ण विद्यार्थीहरुलाई धन्यवाद दिदै कार्यक्रमको समापन गर्नु भयो । नेपाल स्वास्थ्य सेवा सहकारी सस्था लि दारा संचालित उक्त कलेजमा स्वास्थ्य बिज्ञानका प्रमाणपत्र तह देखि स्नातकोत्तर तह सम्मका १२ कार्यक्रमहरु संचालन भै रहेका छन । उक्त कार्यक्रममा कलेजका बिद्यार्थीहरुले सास्कृतिक कार्यक्रम पनि प्रर्दशन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस