१८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

फाल्गुन ८, काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सांसद विकास कोषको रकमबाट विद्युत् विस्तार कार्यमा १० लाख रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा सल्यानका तत्कालीन स्थानीय विकास अधिकारी खिमबहादुर रायमाझीसहित १८ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

रायमाझीसहित तत्कालीन जिल्ला विकास समितिका प्रमुख इन्जिनियर जगदीश शर्मा, कृष्ण पण्डित, लेखा अधिकृत प्रकाश केसी, नासु जीवराज केसीलगायतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । ग्रामीण विद्युतीकरण शिवरथ उपभोक्ता समितिमार्फत भएको काममा पोलमात्र गाडी अन्य काम फर्जी भएको पाइएको अभियोगपत्रमा उल्लेख छ ।
उपभोक्ता समितिका अध्यक्ष इन्द्रबहादुर भण्डारीसहित समितिका ४ पदाधिकारी र ठेकेदार विनोद केसीविरुद्ध समेत भ्रष्टाचार मुद्दा दायर गरिएको छ । उनीहरूले १५ लाख रुपैयाँको योजनामा ५ लाखको मात्र पोल गाडेर १० लाख रुपैयाँ हिनामिना गरेको अख्तियारले उल्लेख गरेको छ ।

यस्तै, अख्तियारले जग्गा किनबेचमा राजस्व छलेको आरोपमा जिल्ला मालपोत कार्यालय सुनसरीका नापी सर्वेक्षक अमरकुमार झा र जग्गाधनीसहित तीन जनाविरुद्ध पनि मुद्दा दायर गरेको छ ।
रामेश्वर दंगाल सह(सचिव एवं प्रवक्ता) द्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस