मोटरसाइकल दुर्घटना हुँदा २२ वर्षीया सिर्जना गुरुङको मृत्यु

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

फागुन ७, काठमाडौं । ताप्लेजुङ सदरमुकाम फुङलिङमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अर्का एक घाइते छन् ।

दुर्घटनामा देउमाई नगरपालिका–१ की २२ वर्षीया सिर्जना गुरुङको मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल चालक अमिर वर्देवा घाइते भएका हुन् । पाथीभरा याङ्वरक गाउँपालिका–१ नाङ्खोल्याङ निवासी अमिरको उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको बताइएको छ ।

जिल्लाप्रहरी कार्यालय ताप्लेजुङका अनुसार मंगलबार दिउसो ना २१ प ५६२८ को मोटरसाइकल सडकबाट नालीमा खसेर दुर्घटना भएको हो । फुङलिङ बजारस्थितमालपोत कार्यलयबाट मेची राजमार्गतर्फ जाने क्रममा मोटरसाइकल सडकबाट नालीमा खसेर दुर्घटना भएको हो ।

मृतक गुरुङ सिंचाई कार्यालय ताप्लेजुङकी सामाजिक परिचालक थिइन् भने वर्देवा नृत्य प्रशीक्षक हुन् । तिव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख सञ्जयसिंह थापाले बताए ।

प्रतिक्रिया दिनुहोस