आज प्रजातन्त्र दिवस

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

७ फागुन, काठमाडौं । एक सय चार वर्षको जहानियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ६९ औँ प्रजातन्त्र दिवस वीर वीरागङ्ना शहीदहरुको बलिदानको सम्मानमा नेपालले भब्यतापूर्वक प्रजातन्त्र दिवस मनाउँदै छ । देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मान गर्दै सरकारले फागुन ७ गते औपचारिक समारोहका साथ दिवस मनाउँदै आएको छ । प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै अहिले हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपाल पाएका छौँ ।

राज्य ब्यवस्थाले नागरीकहरुबिच कुनैपनि दृष्टिमा भेदभाव गर्न हुँदैन भन्ने प्रजातन्त्रको प्रथम आधार हो, स्वतन्त्र वि चरण अनि फरक मतको सम्मान लगायतका अभिब्यक्ति स्वतन्त्रता नै प्रजातन्त्रको स्तम्भहरु हुन् । प्रजातन्त्रमा नागरीकहरु स्वंयमले चुनेर पठाएका ब्यत्तिहरुले शासनव्यवस्था संचालन गर्ने गर्दछन्, यसअर्थमा जनताद्वारा जनताकालागी गरिने हितकारी शासन अभ्यासलाई प्रजातन्त्र भनेर बुझ्न सकिन्छ ।

प्रजातन्त्रले सहि प्रयोग गर्न सक्ने हातहरु पाओस्, गरिखान पाओस अनि नेपालीहरुको पिडा यो प्रजातन्त्रले कम गरोस् । नेपाली हुनुको एकमात्र पहिचान अनि राष्ट्रियताको डोर भित्रको मिठो, समान अनि प्रगतीशिल प्रजातन्त्रको अनुभव गर्न पाईयोस ।

प्रतिक्रिया दिनुहोस