नेकपाको सुर्खेतमा कर्णाली प्रदेशस्तरीय भेला हुदै

नेकपाका मुख्य नेतृत्व सुर्खेत आउने
Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

फागुन ६, सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी नेकपाको फागुन ६ र ७ गते सुर्खेतमा कर्णाली प्रदेशस्तरीय भेला हुदैछ । नेकपाको कार्णाली प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला तथा कर्णली प्रदेश कमिटिको भेलाका लागि नेकपाका मुख्य नेतृत्व सुर्खेत आउने भएका छन् ।

भेलाका लागि नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ट नेता माधव कुमार नेपाल, महासचिव बिष्णु पौडेल लगायतका केन्द्रिय नेताहरु पनि आज सुर्खेत आउने नेकपा कर्णाली प्रदेशले जनाएको छ ।अगुवा कार्यकर्ता भेलामा जिल्ला कमिटी पदाधिकारी सहित सम्पूर्ण सदस्यहरु, कर्णाली प्रदेश सम्पर्क कमिटी संयोजक–सह संयोजक,जिल्ला कमिटीमा नभएका जिल्ला समन्वय समिती प्रमुख उपप्रमुख,नगरपालिका प्रमुख–उपप्रमुख, गाउँपालिका अध्यक्ष–उपाध्यक्ष, पार्टी प्रदेश कमिटी सदस्यहरु र पार्टी केद्रीय कमिटी सदस्यहरुको उपस्थिति रहनेछ ।

फागुन छ गते उल्लेखित हरुको प्रशिक्षण कार्यक्रम रहनेछ भने सात गते १७५ सदस्यीय प्रदेश कमिटी को बैठक बस्ने भएको छ । उक्त बैठकमा केन्द्रिय कमिटी, प्रदेश कमिटी,र जिल्ला कमिटीका नेताहरुको सहभागी हुने भएको छ । बैठक ले प्रदेशको आगामी तीन महिने कार्ययोजना निर्माणको तय गर्ने भएको नेता प्रशान्तले जानकारी दिए। पार्टी एकतापछि बाकी रहेका कतिपय कार्यहरू टुंगो लगाउने र प्रदेश भरी पार्टी सदस्य नवीकरण गर्ने लगायतका अन्य महत्त्वपूर्ण कार्यहरु गर्ने लक्ष्य लिएको प्रशिक्षण भेलाले जिल्ला देखि टोल टोलसम्म प्रशिक्षण भेला सन्चालन गर्ने भएको छ ।

उक्त भेलाले सरकारी काम कारबाहीलाई जनता सम्म जोड्ने लगाएतका महत्त्वपूर्ण योजना प्रदेश कमिटी बैठकले तय गर्नेछ । यसका साथै प्रदेश तथा स्थानीय तहमा भएका बिकासका बारेमा अनुसन्धान,अनुगमन र संगठन बिस्तार गर्ने बारेमा महत्त्वपूर्ण छलफल हुने उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस