तरकारी बिक्री नहुँदा किसान चिन्तीत

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट

मिनराज रोका,रोल्पा । जिल्लाको दक्षणी भेगमा नुवागाउँ, दहबन, रामपुर लगायतका क्षेत्रका किसानहरु तरकारीले मूल्या नपाउँदा चिन्तीत बनेका छन् ।
किसनाले बारीमा फलाएको बन्दा, काउली, गोभेँदा,खुर्सानी, प्याज, लसुन,अदुवा लगयातका तरकारी स्थानीय स्तरमा वित्री नहुने र अन्य जिल्लाबाट व्यापरीहरु खरीत गर्न नआउँदा किसानहरु चिन्तीत बनेका हुन् ।
दुःख गरेर बारीमा फलाएको तरकारीले बजार नपाएपछि किसान आफैँ खाने र आफन्तलाई बाँडेरै सिध्याउन बाध्य भएका छन । त्रिवेणी गाउँपालिका २ दहवनका किसान पुष्पा घर्तीले भनिन । मैले गत वर्षहरुमा तरकारीबाट ५ लाख जति आम्दानी गरेको थिए । अहिले तरकारी विक्री नहुँदा लगानी पनि नउथ्ने भयो उनले दुखेसो पोकिन । उत्पादन गरेको तरकारी गाउँमा नै बिक्री गर्दै आएको भएपनि सोचेअनुसार बिक्री नहुँदा यहाँका किसानहरु निराश बनेका छिन् ।
गर्त वर्षमा तरकारी बिक्रीबाट मनग्य आम्दानी गरेकी क्रिवेणी गाउँपालिका दहवनका कल्पना पुनले अहिले विक्रि गर्न गाउँ भरि बोकेर लागे पनि लगानी नउथेको उनले बताईन् । करिव ८ वर्ष देखि तरकारी खेती गर्दै आएकी पुनले विगतका वर्षहरुमा तरकारी खरित गर्न विहिरी जिल्लाबाट व्यापारीहरु आए पनि अहिले कुनै पनि व्यापारीहरु खरित गर्न नआएको उनले बताई ।
तरकारी उत्पादन गर्दै आएका यहाँका किसानले धेरैमात्रमा बन्दा, काउली र लसुन फलाए पनि बित्री नहुँदा निराश बनेका छन् ।
प्रशस्त मात्रमा तरकारी उत्पाद गरेको भए पनि तरकारी विक्रि नहुँदा स्थानीय तहले कुनै चासो नदिएको अर्का किसान मदन नेपालीले बताए ।
तरकारी विक्री केन्द्र पनि छन् । गत वर्षहरुमा स्थानीय व्यापारीहरुले वाहिरी जिल्लाका व्यापारीहरुसँग मिलि तरकारी वाहिरी जिल्ला निर्यात गरेको भए पनि अहिले कुनै पनि व्यापारीले चासो नदिएको नेपाली बताउछन् ।
गाउँघरमा उत्पादन गरेको तरकारीले उच्चीत मूल्य पाउन सकेका छैन । तर जिल्लाको प्रमुख व्यापारी केन्द्र सुलिचौर र लिवाङ लगायत अन्य क्षेत्रमा भन्ने तरकारीको मूल्य उच्च रहेको छ ।
यी क्षे त्रका व्यापारीहरुले वाहिरी जिल्लामा उत्पादन भएका तरकारीहरु बढी मात्रमा खरित गर्ने भएकाले तरकारीको मूल्य उच्च हुन पुगेको स्थानीय व्यारीहरु बताउ छन् । लिबाङ सुलिचौर क्षेत्रका मानिसहरु भन्ने बन्दा, काउली, प्याज, लगायतका तरकारीहरु ३० देखि ७०रुपैयासम्ममा खरित गरि खान बाध्यता रहेको छ ।

प्रतिक्रिया दिनुहोस