फोहरदानी हस्तान्तरण तथा बजार सरसफाइ कार्यक्रम सम्पन्न

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट

फागुन ४, होलेरी रोल्पा । फागुन १० र ११ गते सम्मन हुने रुन्टीगढी विकास सम्मेलन २०७५ को तयारीको क्रममा आज होलेरी बाजार क्षेत्रमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।

उक्त अवसरमा बजार सरसफाइका लागी होलेरी बजार सरसफाइ समिति र होलेरी बजार ब्यवस्थापन समितिलाइ रुन्टीगढी गाउँपालिकाले पच्चिस थान फलामको फोहरदानी फ्रेम, पचास थान फोहरदानी, पाँच थान फोहर जलाउने भाँडो र छ थान फोहर सकलन गर्ने दाँती हस्तान्तरण गरिएको छ ।
आज आयोजीत बजार सरसफाइ तथा फोहरदानी हस्तान्तरण कार्यक्रमा गाउँ पालिकाका अध्यक्ष बालाराम बुढाले बजार ब्यवस्थापन समितिका अध्यक्ष भुपाल बस्नेतलाइ हस्तान्तरण गर्नु भएको हो ।


नेपाल आर्मी, नेपाल प्रहरी र स्थानीय सर्वसाधारणको सहभागीतामा सम्पन्न उक्त कार्यक्रम गाउँपालिकाका सरसफाइ फोकल पर्सन दीपक डाँगीले सच्चालन गर्नु भएको थियो ।

आगामी फागुन १० र ११ गते सम्पन्न हुने विकास सम्मेलनको तयारीका क्रममा बजार सरसफाइ तथा सजावट स्वागतद्धार निर्माण लागायतका कामहरु अगाडी बढेका छन ।

उक्त स्म्मेलनमा सघीय सरकारका मन्त्री, राष्ट्रिय सभाका सदस्य, सघीय सभाका सदस्य, प्रदेश नं. पाँचका मन्त्री, ५ न प्रदेश शभाका सदस्य, प्रदेश योजनका आयोगका उपाध्यक्ष, रोल्पा, दाङ, सल्यान, प्यूठान र रुकुम पूर्वका जिल्ला समन्वय प्रमुख, उप महानगरपालका प्रमुख, नगरपालिका प्रमुख, गाउँ पालिकाका अध्यक्ष ,उद्योग वाणिज्य सघ, गैरसरकारी सस्था, पत्रकार महासघका अध्यक्ष हरुको सहभागीता रहने छ ।
उक्त सम्मेलनमा रुन्टीगढी र यस राप्ती क्षेत्रको पर्यटन तथा पूर्वाधारको समग्र विकासका लागी चार वटा कार्यपत्र तथा प्यानल डिस्कसन हुने गाउँपालिकाका अध्यक्ष बालाराम बुढामगरले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस