दाङमा यात्रु बस दुर्घटना,४२ घाईते,३ जनाको अवस्था गंभीर

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट
  • टेक बहादुर पुन

दाङ । दाङमा यात्रुबहाक बस दुर्घटना भएको छ्। बस एक आपसमा ठोक्किदा ४२ जना यात्रु घाईते भएका छन् । भने तिनजनाको अबस्था गम्भीर छ ।

आज दाङको दंगीशरण गाउँपालिका वडा नं. ७ श्रीगाउँमा दुईवटा यात्रुबहाक बस आपसमा ठोक्किएर दुर्घटना भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । तुलसीपुरबाट पश्चिम जाँदै गरेको रा १ ख १७७० नम्बरको बस र शान्तिनगरको खैरेनीबाट तुलसीपुरको उरहरी आउँदै गरेको ना ८ ख १०१७ नम्बरको यात्रुबहाक बस ठोक्किएर घाईते भएका ३९ जनाको राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा उपचार भईरहेको छ ।

गम्भीर घाईते ३ जनालाई थप उपचारको लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर रिफर गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक भीमबहादुर कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस