अमित बाबुको मार्मिक गित “कठै कान्छु” सार्वजानिक (भिडियो सहित)

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट

फागुन ०३, काठमाडौं रुकुमेली गायक तथा संगीतकार अमित बाबु रोकायको मार्मिक लोकदोहोरी  गित ‘कठै कान्छु’ बोलको गित  सार्वजानिक भएको छ । गायक तथा संगीतकार अमित बाबू रोकाय प्राय जसो पिढाको  शब्दहरुले समेटिएका गीत गाउने गायक मध्येका एक गायक हुन ।

नेपाली गित सङ्गितलाइ केहि माथि उठाउनको लागि  अमित बाबु रोकाय दिन-रात लोकसङ्गितमा लागिरहेको हामि मुल्याङ्कन गर्न सक्छौ । कहिले “गयो माया खेर” , “आँशु पिउला बरु”, “नरुने मन” , “यो विरानो ठाउँमा”, कहिले त “गुनासो” ,“दुखी जीवन” जस्ता लोकप्रीय गीतहरुबाट दर्शकको माया पाएका गायक अमित बाबु रोकायले यतिबेला बियोगान्त लोकदोहोरी गित  ‘कठै कान्छु’ लियर दर्शक सामु  आएका छन ।

बाग्लुङ्ग कालिका म्युजिक प्रा .लीको प्रस्तुतीमा अमित बाबु रोकायको लय तथा कमाला बि.क को शब्द रहेको गीत कठै कान्छुमा गायक तथा संगीतकार अमित बाबु रोकाय ,देवी घर्ति र जमुना श्रेपालीको स्वर रहेको छ ।
गीतमा दिपेश घिमिरे ,आशा खड्का ,सुरबिर पण्डित , अनुमति नेपाली ,सुरेश कौसल्या र सीमन सुरेश कौशल्या को अभिनय रहेको छ । भिडियोको निर्देशन विपेश घिमिरेले गरेका छन् भने भिडियोको छायांकन सागर गौतमको रहेको छ ।
रमित ओलीको सम्पादन रहेको भिडियो डि.आर मिल्मस् प्रा .लीले निर्माण गरेको हो ।

भिडियो हेर्नुहोस : www.youtube.com/watch?v=UtfBueMLpLE&feature=share

http://www.youtube.com/watch?v=UtfBueMLpLE&feature=share

प्रतिक्रिया दिनुहोस