ठाँटीकाँध उज्यालो गाउँपालिका घोषणा हुँदै

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : ३ मिनेट
  • पंखबहादुर शाही

दैलेख । जिल्लाका ११ वटा स्थानीय तह पश्चिमको ठाँटीकाँध गाउँपालिका उज्यालो गाउँपालिका हुने भएको छ । ‘क्लिन होम सोलार कम्पनी’को उज्यालो गाउँपालिका अभियानले ठाटिकाँध गाउँपालिकालाई छनौट गरी उज्यालो गाउँपालिका घोषणाको अभियानमा जुटेको हो ।
वैकल्पिक उर्जा प्रर्वद्धधन केन्द्र बाट सञ्चालित कम्पनीको ५० प्रतिशत अनुदान स्वरुप जिल्लाको एक गाउँपालिकालाई छनौट गर्ने र उक्त गाउँपालिकालाई “सौर्य उर्जा” उज्यालो गाउँपालिका घोषणा गर्ने उद्देश्यले ठाँटीकाँध गाउँपालिका छनौट भएको कम्पनीका दैलेख जिल्ला सुपरभाईजर नवराज कठायतले जानकारी दिए ।

गाउँकी यक महिला सौर्य उर्जा आफनो घरमा जोडीँदा निकै खुसी ।

५५ वाटको सौर्यपाता ३५ एमपियरको ब्याट्री ५ वटा चिम २ बर्षको वारेन्टी भएको सोलारको कुल मुल्य रु. १५ हजार पर्छ । ५० प्रतिशत वैकल्पिक उर्जाले व्यहोर्ने प्रति उपभोक्तालाई ५ हजार तिर्ने गरी गाउँपालिका सँग सम्झौता गरी जडन कार्य तिव्र भईरहेको छ उनले भने ।

गाउँपालिकाले सोही सोेलारमा २ हजारका दरले ३ लाख ६० हजार अनुदान गरी विपन्न गरिब ,दलित ,आर्थिक अबस्था कमजोर, आयआर्जन न्यून भएका परिवारलाई रु. ३ हजारमा दिने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र बहादुर शाहीले बताए ।
प्रत्येक वडाका ३० घरधुरी पर्ने गरि गाउँपालिकाका —६ वडाकै १८० विपन्न गरिब ,दलित ,आर्थिक अबस्था कमजोर, आयआर्ज न्यून भएका घरधुरीलाई सोलार छुट्याएको छ । केही समयमानै आवाश्यक कामहरु पुरा गरी यी घरधुरीमा सोलार जडन गरिनेछ उनले भने ।

उपभोक्ताले ५ हजार सौर्य उर्जाको तिर्नु पर्ने यहाँका बासिन्दाको आयश्रोत नभएको भन्दै गाउँपालिकाले २ हजार विपन्न परिवारलाई अनुदान दिई ३ हजार गरिव विपन्न परिवारले घरमा सोलार जडान गरिने वडानं १ वडासचिव पदमबहादुर बमले बताए ।
त्यसैगरि १८० घरधुरी वाहेक १२ सय घरधुरीमा सोलार जडन भई स्थानीयले अध्याँरोबाट उज्यालोको अनुभुति लिईसकेको –वडा नं. २ का वडा अध्यक्ष रुपलाल विकले बताए । गाउँपालिकामा एकहजार २ सय सिस्टम सोलार जडन गर्न बाँकी रहेको ती घरमा सोलार जडानगरी उज्यालो गाउँपालिका घोषणा गरिने सोलार कम्पनी शाखा दैलेखले जनाएको छ ।
सिंहदरबारको अधिकार गाउँगाउँ आएपछि पहिलो पटक कम मुल्यमा घरघरमा सोलार जडान भएपछि निकै खुशी लागेको ठाटिकाँध १ बेल नेपालीले बताइन् । उनले भनिन् अध्यारो हटाउन सल्लीको दियालो बाल्नुपथ्र्यौ सोलार जडानपछि समस्या हट्यो । हामी धेरै खुशी भएका छौं । अधिकाँश स्थानीय तहले विद्युत लाईन जडन गरिसकेका छन् । ठाँटीकाँध गाउँपालिकाका छिमेकी आठबीस र चामुण्डाबिन्द्रासैनी नगरपालिकाका केही भुभागमा भने विद्युत लाईन जडन गर्ने कार्य भईरहेको छ । विद्युतको लागि भने यहाँका स्थानीयले अझै बषौँ पर्खिनुपर्ने देखिएकोले सोलार जडान भने अधिकाँश गरिव परिवारलाई राहत दिएको नेपाली काँग्रेस गाउँपालिका सभापति नामबहादुर शाहीले बताए । उनले भने,विद्युत जडान नहुनजेलसम्म सोलारबाट केही काम गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस