गैरागाउँ लघु जलविद्युत परियोजना अलपत्र

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट
  • पंखबहादुर शाही

फागुन ३, दैलेख दैलेख ०६६ सालमा सञ्चालनमा ल्याईएको ठाँटीकाँध गाउँपालिका वडा नं.—४ गैरागाउँ लघु जलविद्युत परियोजना गत असार महिनादेखि अलपत्र परेको छ ।

उर्जा मन्त्रालयाको.२२ लाख र जिल्ला सौर्य उर्जाको २४ लाख साविकको गाउँविकास समितिको ५ लाख गरी ५१ लाख बजेट खर्चिएर सो परियोजना सञ्चालनमा ल्याईएको गैरागाउँ लघु जलविद्युत परियोजनाका अध्यक्ष प्रेम बहादुर शाहीले बताए ।

परियोजनाले २सय ९ घरभुरी लाभान्वित थिए । ‘परियोजनाको बैँक खातामा उचित रकम नभएकोले परियोजना सञ्चालनको लागि आवाश्यक सामाग्रीहरु समयमा नै खरिद गर्न सक्ने क्षमता नभएकोले परियोजना अलपत्र परेको शाहीको भनाई छ ।’ उनले भने , एउटा अपरिपक्क अपरेटर हुनुहुन्थ्यो उहाँ, सबै कार्यमा त्यही लचक्ता देखिनुहुन्थेन ,सामग्रीहरुको हेलचक्राई भयो । “केही घरधुरी सो परियोजनाले नधान्न सकेपछि छुटेको थिए । यसै कारण नजिकैको भुतगाड खोलामा अर्को लघुजलविद्युत निर्माण गर्ने कुरा उठ्यो र गाउँपालिका र वडामा पटक पटक कुरा राख्दा पनि वेवास्था गरिएको उनको तर्क छ ।”

उनका अनुसार ,सुरुवातको समयमा सबै आवाश्यक सामाग्री खरीद हिमाल पावर डेभ्लोमेन्ट कम्पनी सँग भएको छ ’, यो विग्रीएको जनेरेटर उही कम्पनिलाई विक्री गरी नयाँ ल्याउँदा उसैसँग समन्वय गर्ने कुरा राखियो ‘, गन्य मान्यजनले अरु कम्पनीबाट खरीद गरे फरक नपर्ने बताईएको पाईयो ।’

१ वाट बराबर २ रुपैँया गरी प्रति घरधुरी ४ वाटको महिनामा ८ रुपैँया महशुल उठाईएको थियो । पटक पटक काठबक्सको पोल भएकोले ढल्ने् , लगाएतका समस्या उत्पन्न् भयो ,स्थानी बिच विवाद उत्पन्न भयो । सहज वातावरण हुनसकेन । अपरेटरले काम गर्न सक्दैन भन्दा केहि महीना देखि आफैले हेर्दै आएको शाहीले बताए । उनले भने ,पानि आईरहेको समयमा एक स्थानीले मोबाईल चार्ज लगाउँन खोज्दा जेनेरेटरमा अद्भुत समस्या आएको हो ।

अहिले गाउँपालिकाले रु.७ लाख बजेट छुट्याईएको वडा अध्यक्ष रमेश सिजापतिले बताए । उनले भने , केही सातामै प्राविधिक आउँने र छिट्टै मर्मत गरी पुनः सञ्चालनमा ल्याउँने छौँ । तर ७ लाखले रकमले सञ्चालनमा ल्याउँन नसकीने परियोजनाले जनाएको छ ।
सडक र गाडीको छायाँ सम्म नपरेका यहाँका स्थानीयले ०६६ मै बिजुलीले गाउँ झिलिमिली हुँदा निकै खुशी थिए । असार ,महिना देखि अँध्यारो रातका टुकी बाल्न बाध्य भएका छन् । अहिले अधिकाँश घरधुरीमा सौर्य उर्जा जडा्न गर्ने कार्य भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस