‘जनप्रतिनिधिले कार्यालयमा बसी-बसी घाम ताप्ने र भाषण मात्र ठोक्छन्’

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : ३ मिनेट
  • पंखबहादुर शाही

फागुन १ ,दैलेख । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ,परियोजना ईकाई कार्यान्वयन सुन्तला जात फलफुल जोन दुल्लुको आगामी बर्षको योजना तर्जुमा गोष्ठि कार्यक्रममा सहभागी कृषकहरुले जनप्रतिनिधि र कर्मचारी समक्ष आफ्ना समस्या सुनाएका छन् । जनप्रतिनिधिले नगर तथा कार्यालयमा बसी घाम ताप्ने र भाषण ठोक्छन् , गाउँको समस्या उस्ताको उस्तै हुन्छ कार्यक्रमको बिचमै जुरुक्क उठ्र दुल्लु नगरपालिका वडा नं. ११ का कृषक खड्गबहादुर सुनारले भने ।
उनि मात्र हैनन् , पुरुष भन्दा धेरै सहभागी महिलाले पालैपालो हात उठाई आफुहरुले कृषि क्षेत्रमा भौग्नुपरेका समस्या जनप्रतिनिधि र कर्मचारीहरुका बिच प्रस्तुत गरे ।

कार्यक्रम स्थलबाट पालैपालो आफ्ना समस्या सुनाउँदै महिला । तस्वीर: पंखबहादुर शाही

सबैको भनाई एकै एकै खालको थियो । जनप्रतिनिधि गाउँमा जाँदैनन् , कृषि क्षेत्रको विकास गर्छाैँ , कृषिमा आधुनिकीकरण ल्याउँछौँ ,सम्बन्धीत निकायबाट कृषिमा यति बजेट छुट्याईयो ,भन्छन् तर त्यो सम्बन्धी जानकारी भने अहिलेसम्म कसैले लिएका छैनन् । अनि कसरी कृषि मा बृद्धी हुन्छ् । कृषकहरुलाई त्यो सम्बन्धी कुनै ज्ञान नै हुँदैन् , किन उत्पादन गर्न सकिएन भनेर प्रश्न मात्र सोध्नुहुन्छ् । सबै बिषयमा अन्योल हुन्छ ।

जाजरकोटमा अहिले सम्म धेरै महिला सहभागी । तस्वीर: पंखबहादुर शाही

स्थानीय धनसरा पौड्यालले भनिन, बर्षको २५ सयको सुन्तला बिरुवा लिन्छौँ ,तर पछि २५ वटा मात्र जगेको पाईन्छ । बिना माटो परिक्षण ,बिना सिँचाई कसरी जाग्न सक्छ बिरुवा ,पहिला लटरम्म फलेको बोट फल फल्ने वेला पात सुकेर दाना कुहीएर सबै सकिन्छ । सुन्तलामा लागेको रोगको रोकथाम गर्न सकिएको छैन् उनले भनिन्
जिल्लाको दुल्लु नगरपालिका र भैरबी गाउँपालिकामा लागु भएको उक्त प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ,परियोजना ईकाई सुन्तला जात फलफुल जोन कार्यक्रमको बुधबार दुल्लुमा गरिएको थियो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ,परियोजना कार्यान्वयन ईकाई सुन्तला जात फलफुल जोन दुल्लुका प्रमुख राजुभुजले कृषकहरुको गुनासोलाई मध्यनजर गर्दै कृषकहरुले पनि सुन्तला बगैँचामा निकै हेलचक्राई गरेका बताए । उनले भने ,गत बर्ष कृषकलाई वितरण गरेका औजारको समेत राम्रो प्रयोग गरेको पाईदैन् । कार्यालयमा बोलाई तालीम दिनुभन्दा बगँैचामै गएर कृषकलाई केही दिन तालीम दिने गरेका छौँ ।
दुल्लु नगरपालिकाका १३ वटै वडा र भैरबी गाउँपालिकाका ३ देखि ७ वडामा यो कार्यक्रम पहिले लागु थियो । अबदेखि छुटेका १,२ वडालाई पनि समेट्नेछौँ । उनले भने , यहाँको मुख्य समस्या भनेको सिँचाई हो सिँचाईको व्यबस्था भए यहाँ करोडौँको सुन्तला फल्न सक्छ , त्यस्मा कृषकले विशेष ध्यान दिन जरुरी देखिन्छ ।

कार्यक्रममा आफ्ना तर्क राख्दै प्रधानमन्त्री प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ,परियोजना कार्यान्वयन ईकाई सुन्तला जात फलफुल जोन दुल्लुका प्रमुख राजुभुज । तस्वीर: पंखबहादुर शाही

आधा लगानी जनता् र आधा लगानी केन्द्र को हुने गरी अगाडि बढ्ने उनको प्रतिबद्धता छ ।
दुल्लु नगरपालिकाका नगरप्रमुख घनश्याम भण्डारीले कृषि क्षेत्रमा छुट्याइको रकम कार्यान्वयन भए नभएको बारे दुल्लू नगरपालिकाले बिशेष निगरानी गर्ने बताए । उनले कृषकहरुको बिमा योजनालाई कार्यान्वयन गर्न तर्फ लाग्न आग्रह गरे । कार्यक्रममा भैरबी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले दुवै स्थानीय तह मिलेर अगाडि बढ्नु पर्ने बताए ।

दुल्लु नगरपालिका प्रमुख घनश्याम भण्डारी आफ्ना भनाई राख्दै । तस्वीर: पंखबहादुर शाही

उक्त योजना तर्जुमा गोष्ठिमा आगामी बर्षमा संचालन गरिने मुख्य कुराहरु समावेश गरियको थियो । जस अन्तरगर्त १०० हेक्टर क्षेत्रमा नयाँ बगैचा स्थापना गर्नै , बगैँचा ब्यवस्थापन मलखाँद काटछाट सिचाई ,बगैँचा ब्यवस्थापन सम्बन्धी ÷प्रसोधन, सम्बन्धी स्थलगत तालीम संचालन ,पोष्ट हार्भेट सेन्टर स्थापनाका लागि सहयोग, कस्टमर हेयरिङ सेन्टर स्थापनाका लागि सहयोग ,भकारो सुधार ,साना सिँचाई , बिमा ब्यवस्थापन लगाएतका योजना तर्जुमा गरिएको छन्. ।

प्रतिक्रिया दिनुहोस