प्रतिष्ठानको जग्गा टुंगो लगाउने प्रकृया सुरु,५० बिगाह बढी जग्गाको आवश्यक

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनका लागि आवश्यक जग्गा प्राप्तीका लागि प्रकृया सुरु भएको छ । प्रतिष्ठान स्थापना भएको लामो समय बितिसक्दा पनि जग्गाको टुंगो नलागेपछि मंगलवार बसेको जग्गा ब्यवस्थापन समितिको बैठकले प्रकृया अघि बढाउने निर्णय गरेको हो ।
जग्गा खोजीका लागि निरन्तर पहल हुँदै आएको थियो । प्रतिष्ठान सञ्चालनका लागि अस्पताल भए पनि अन्य गतिविधिहरु सञ्चालनका लागि ५० बिगाह बढी जग्गाको आवश्यक पर्ने देखिएको छ ।

एकै ठाउँमा ठूलो क्षेत्रफलको जग्गा नभेटिएको र ठाँउ–ठाँउको जग्गा टुंगो लगाउन ब्यवस्थापन समितिले प्रकृया अघि बढाएको जानकारी दिएको छ।
प्रतिष्ठानको भवनहरु निर्माणका लागि आवश्यक पर्ने जग्गा कर्जाही, झिङ्नी र नवलपुरमा हेरिएको र प्रकृया अघि बढाईएको रजिष्टार रामप्रशाद प्याकुरेलको बताए । जग्गा खोजीका लागि रजिष्टार प्याकुरेलको संयोजकत्वमा समिति नै गठन गरिएको छ । समितिको मंगलबार बसेको बैठकले कर्जाहीमा रहेको ५० बिगाह, झिङ्नीमा रहेको ३५ विगाह र नवलपुरमा रहेको १४ विगाह जग्गा प्राप्तीका लागि प्रकृयालाई अघि बढाउने निर्णय गरेको छ ।

ति क्षेत्रका जग्गा प्राप्तीका लागि मन्त्रालयसम्म कागजपत्र पुगेको र मन्त्रालयहरुमा थप प्रकृयालाई अघि बढाउन घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, नेकपाका केन्द्रीय सदस्य निर्मला आचार्य, नेपाली काँग्रेसका विरकेश्वरी गौतम र प्रतिष्ठानका रजिष्टार रामप्रसाद प्याकुरेललाई जिम्मेवारी दिइएको छ । jagaran online बाट साभार

प्रतिक्रिया दिनुहोस