क्रान्तिकारी माओवादीको रेड मार्चपास

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

काठमाडौं फागुन १, नेकपा (क्रान्तिकारी माओवादी) ले उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरको शक्ति भोटाहिटीमा केन्द्रित गरी रेड मार्चपाससहित २४ औं जनयुद्ध दिवस मनाउने तयारी गरेको छ ।

क्रान्तिकारी माओवादीले दिउसो १ बजे भोटाहिटीमा जम्मा भई रेड मार्चपास गर्ने तयारी रहेको छ । ‘महान् जनयुद्ध– जिन्दावाद, वीर सहिदहरु– अमर रहून, नेपाली नयाँ जनवादी क्रान्ति– जारी छ’ लगायतका नाराहरुसहित रेड मार्चपास गरिनेछ । मार्चपास नगर परिक्रमा इन्द्रचोकमा पुगेर सभामा परिणत हुनेछ ।

प्रतिक्रिया दिनुहोस